धादिङको गङ्गाजमुनामा जिप दुर्घटना : १ जनाको मृत्यु, ५ घाइते

सफल खबर संवाददाता

आइतबार, २८ असोज २०८०, १६ : ४१
धादिङको गङ्गाजमुनामा जिप दुर्घटना : १ जनाको मृत्यु, ५ घाइते

धादिङ। धादिङ गङ्गाजमुना गाउँपालिका–४ गुम्दीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् ।​धादिङबेँसीबाट रिगाउँको तावल जाँदै गरेको मे १ ज २६६९ नं जिप अनियन्त्रित भई दुर्घटना हुँदा गङ्गाजमुना–२ का १४ वर्षीय अनुरोध तामाङको मृत्यु भएको प्रहरीले जनाएको ।

 

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले दिएको जानकारी अनुसार दुई बालकसहित पाँच जना घाइते भएका छन् ।घाइतेहरूको गुम्दी स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस