काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मध्यावधि गराएर देशको अनावश्यक खर्च जोगाउन विद्रोही काँग्रेसलाई समर्थन गरेको जनाएका छन् ।
आइतबार प्युठानको विजवार जरुमीमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कोशीमा काँग्रेसमा आएको विद्रोहले गठबन्धनलाई धक्का दिएको बताए ।
‘तेस्रो भएको माओवादीलाई जताततै बोकेर हिँडेपछि सबैतिर काँग्रेसका नेता कार्यकर्ता आक्रोशित छन्, अति भएर कोशी प्रदेशमा काँग्रेसका केही साथीहरूले विद्रोह गर्नुभएको हो, काँग्रेसका नेताहरुले प्रचण्डले भनेको मात्रै गरेपछि यस्तो भएको हो, ८ सीटका पछि काँग्रेसको ह्विप लागेपनि केही सांसदले विद्रोह गर्नुभयो’, ओलीले भने । उनले एमाले मध्यावधिमा जान तयार भए पनि, एमालेलाई मध्यावधिले फाइदा हुने भएपनि चुनावका लागि हुने देशको ठूलो खर्च रोक्न, मध्यावधिमा जान नदिन काँग्रेसको विद्रोहलाई समर्थन गरेको प्रस्ट्याए ।
उनले केन्द्र र प्रदेशमा सत्ताका लागि भएको अपवित्र गठबन्धनको सबैतिर सङ्घीयताको वितृष्णा जगाएको बताए । ‘कोशीमा हेर्नुस् कति पटक किर्ते गरे, कति प्रदेशमा भागवण्डा पुर्याउन मन्त्रालय थपे, को को लाई कानुन विपरीत नियुक्त गरे, अनि यो प्रणालीमाथि वितृष्णा फैलिँदै गएको हो, यो सत्तारुढ गठबन्धनकै कारण भएको हो’, ओलीले भने ।
अध्यक्ष ओलीले अब एमाले सुदृढ भएको र गठबन्धनको पक्षमा नरहेको बताउँदै २०८४ को निर्वाचनमा ५१ प्रतिशत वडादेखि संसद्सम्म ल्याउनेगरी अभियानमा लाग्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ असोज २०८०, १६ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म बिग्रिएको भए पो सप्रिनू: केपी ओली
एमाले सरकारबाट हट्यो भन्ने भ्रम नपाले हुन्छ : ओली
आफ्नो कुनै गल्ती नै नभएको ओलीको दावी : मसँग सरकार मात्र भयो, राज्य सत्ता भएन
जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए केपी ओली
सुशीलासँग पनि राष्ट्रपतिले भनेका थिए : 'अस्तित्वविहीन भएर बाँच्नुभन्दा सडकमा गएर शहीद बन्छु'
एमाले सचिवालयमै केपी ओली अल्पमतमा !