काठमाडौं। नेकपा माओवादी केन्द्रको संगठन विभाग प्रमुखसमेत रहेका बागमती प्रदेश इन्चार्ज जनार्दन शर्मा ‘प्रभाकर’ले आजको लोकतान्त्रिक समाजमा कुनै पनि व्यक्ति, संस्था वा समुदायलाई विशेषाधिकार नरहेको बताएका छन् ।
पार्टीद्वारा सञ्चालित विशेष रुपान्तरण अभियानका अगुवा कार्यकर्ता र जनताले काठमाडौंको कागेश्वरी मनोहरामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कुनै पनि दलका प्रमुख नेताहरू वा जो सुकैलाई पनि संविधानले नदिएको विशेषाधिकार प्राप्त नभएको उनको भनाइ थियो ।‘समानताकै लागि लडेका हामीले कसैको विशेषाधिकार वा प्राधिकार मान्दैनौं किनकि त्यो हाम्रो संविधानले पनि परिकल्पना गरेको छैन’ उनले भने ।
राजा र धर्मबारे बोल्दै उपमहासचिव शर्माले भने – पृथ्वीनारायण शाह कालको राजतन्त्र र राजपाठ तथा हामीले व्यहोरेको राजतन्त्र र राजपाठका बीच नदीको दुई किनारा जत्तिकै दूरी भएको उनले बताए ।
पछिल्ला धार्मिक तनावका प्रयासहरूमाथि संकेत गर्दै उनले भने ‘धर्म र संस्कृतिको संरक्षणको विषय हाम्रो संविधानमा तर धर्ममा राजनीति गर्ने कसैले सपना देखेको भए त्यो भ्रम नपाले हुन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ असोज २०८०, १४ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्दै, प्रदेश संयोजक तोक्ने
विप्लव पार्टीको चुनाव चिन्ह्रमा जनार्दन चुनाव लड्ने !
अन्जना विसंखेले पनि छोडिन जनार्दन शर्माको साथ
वाम प्रगतिशील ध्रुवीकरण घोषणा गर्दै जनार्दन शर्मा