चितवन । चितवन जिल्लामा मापदण्ड नपुगेका पानी उद्योगमा आज शिलबन्दी गरिएको छ । चितवन जिल्लामा १७ वटा उद्योगमध्ये १० वटा उद्योगमा जिल्ला प्रशासन कार्यालय चितवनले शिलबन्दी गरेको हो ।
‘पानी उद्योगलाई हामीले अटोमेटिक प्लान्ट ल्याउन भनेका थियौँ, तर चितवनका केही पानी उद्योगले जडान गरेनन् । त्यसकारण शिलबन्दी गरिएको हो’
अटोमेटिक प्लान्ट जडान गरिसक्न निर्देशन दिइए पनि हालसम्म अटेर गरेकोले ती उद्योगमा सिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका खाद्य निरीक्षक प्रविणकुमार तिवारीले जानकारी दिए । ‘अब अटोमेटिक प्लान्ट नल्याएसम्म उद्योगलाई सञ्चालन गर्न दिने छैन’ उनले भने ।
खैरहनीको एउटा, रत्ननगरको दुईवटा, भरतपुर र नारायणगढ क्षेत्रका ७ वटा गरी १० वटा उद्योगमा शिलबन्दी गरिएको हो ।
पानी उद्योगीहरूले प्रशासनले जानकारी गराएदेखि नै माग गरेको अटोमेटिक प्लान्ट समयमै नआउँदा आफूहरू समस्यामा परेको बताएका छन् । मेशिन आउनै लामो समय लाग्ने हुँदा जडान गर्न नपाइएका व्यवसायीहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस