चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन भत्काउने षड्यन्त्रलाई निस्तेज पारिएको बताएका छन् । आज (आइतबार) भरतपुरमा भएको शारदानगर जागृती शहरी खानेपानी तथा सरसफाई आयोजना, जखडिमाई सह लगानी खानेपानी आयोजना र दिव्यनगर खानेपानी आयोजनाको सयुंक्त उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले राम्रो काम गरेको देखेर सत्ता गठबन्धन भत्काउन लागेपनि सफल नभएको बताएका हुन् ।
‘अहिले भर्खरै कोशी प्रदेशमा जे राजनीतिक परिदृश्य तपाईहरुले पनि देख्नुभए होला । यही गठबन्धनले राम्रो गर्न खोजेकोलाई सहन नसकेर एकथरी मान्छे यहाँ भित्र खेल्न सकिन्छ कि, यहाँ भित्र कुनै तरिकाले विभाजन ल्याउन सकिन्छ भन्ने योजना अन्तरगत ती कामहरु थिए, उनले भने ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्रीको हैसियतले म आफैँ र नेपाली कांग्रेसका नेता शेखर कोइराला बिचमा एउटा सहमति गरेपछि त्यो षड्यन्त्रलाई पनि निस्तेज पारिएको छ ।’ अब यो गठबन्धन पूर्ण कार्याकाल यही गतिमा अगाडि बढ्ने उनले बताए । मित्रराष्ट्रसंगको सम्बन्ध समेत मझ्भूत बन्दै गएको प्रधानमन्त्री दाहालले दाबी गरे । ‘भारत, अमेरिका र चीनसंगको सम्बन्धलाई मझ्भुत बनाउने भनेको नेपाललाई राजनीतिक स्थायीत्व र विकासको नयाँ गति दिने प्रकृया पनि हो ।’ यसबाट फेरी अब कहिल्यै सत्तामा फर्किन पाइदैन कि भनेर निकै विक्षिप्त भएको पनि सायद तपाइहरुले महशुस गर्नुभएको होला,’ उनले भने ‘अहिले कोशीमा देखिएका परिघट्ना यही हो ।’
सुशासन, सामाजिक न्याय, समृद्धिको पक्षमा देशको राष्ट्रियतालाई अझै बलियो आफु लागेको बताए । राष्ट्र र जनताको पक्षमा काम गर्ने विश्वास दिलाएर समझदारी अनुसार काम गरेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ असोज २०८०, १३ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड