घटस्थापनाको अवसरमा डिशहोम फाइबरनेटको अफर, १ वर्षको नयाँ कनेक्सनमा २ वर्षको सेवा​

सफल खबर संवाददाता

आइतबार, २८ असोज २०८०, १२ : ५४
घटस्थापनाको अवसरमा डिशहोम फाइबरनेटको अफर, १ वर्षको नयाँ कनेक्सनमा २ वर्षको सेवा​

काठमाडौं। डिशहोम फाइबरनेटले घटस्थापनाको अवसरमा नयाँ अफर सार्वजनिक गरेको  छ ।​​अफरअन्तर्गत १ वर्षको नयाँ कनेक्सन गर्दा ग्राहकहरूले २ वर्षसम्म इन्टरनेटको सेवा लिन सक्ने डिशहोम फाइबरनेटले जनाएको छ ।

यो अफरअन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएसदेखि ३०० एमबीपीएससम्मका प्याकेजहरू जडान गर्न सक्ने छन् ।जसमा ग्राहकले ५० एमबीपीएसदेखि २५० एमबीपीएससम्म फाइभ-जी राउटर पाउनेछन् भने ३०० एमबीपीएसको प्याकेज लिने ग्राहकले वाइफाइ-६ राउटर पाउने छन् ।

 

थप जानकारीको लागि नजिकैको डिसहोम फाइबरनेट डिलर दाइ अथवा ०१-५९७०३६५ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।यो चाडपर्वमा थप उत्साह ल्याउने 'फस्टिभ २४ मन्थ प्याकेज' अफरको फाइदा लिन आजै डिसहोम फाइबरनेटको नयाँ कनेक्सन गर्न कम्पनीले आग्रह गरेको छ ।

यसअघि एसियाकपमा नेपाल र भारतको खेलको खुसीयालीमा डिशहोम फाइबरनेटले आफ्ना पुराना ग्राहकहरूको लागि १२ महिनाको रिचार्ज गर्दा अतिरिक्त १२ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको थियो ।

एक वर्षको नयाँ कनेक्सनमा २ वर्षको सेवा अफर घटस्थापना (असोज २८) देखि पूर्णिमा (कात्तिक ११) सम्म मात्र लागू हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस