नेपाललाई बहराइनले दियो ७८ रनको लक्ष्य

सफल खबर संवाददाता

आइतबार, २८ असोज २०८०, ११ : २५
नेपाललाई बहराइनले दियो ७८ रनको लक्ष्य

काठमाडौँ । एसीसी यू–१९ प्रमियर कप क्रिकेटमा बहराइनले नेपाललाई ७८ रनको झिनो लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले ३७ दशमलव ५ ओभरमा अलआउट हुनु पूर्व ७७ रन मात्रै जोड्न सक्यो ।

नेपालका लागि दिपेश कँडेलले सर्वाधिक ६ र दुर्गेश गुप्ताले चार विकेट लिए । बहराइनका मुहममद बसिल अब्दुल हक्कीमले ३४ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

 

प्रतिक्रिया दिनुहोस