सेनाको स्थापित परम्परा विपरीत हुने कुरा कल्पना पनि गर्न सक्दिन : उपप्रधानमन्त्री खड्का

सफल खबर संवाददाता

आइतबार, २८ असोज २०८०, १० : ५१
सेनाको स्थापित परम्परा विपरीत हुने कुरा कल्पना पनि गर्न सक्दिन : उपप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको परम्पराविपरीत हुने कुरा कल्पना पनि गर्न नक्ने बताएका छन् ।

कांग्रेस उपसभापति समेत रहेका खड्काले सेनाको भावी सेनापतिको नाममा आएका समाचार भ्रामक र असत्य भएको बताए ।

‘नेपाली सेनाको भावि प्रधान सेनापतिको नाममा मेरो नाम समेत जोडेर केहि संचार माध्यममा लेखिएका कुरा भ्रामक र असत्य भएको कुरा प्रष्ठ पार्न चाहान्छु,’ खड्काले भने ।

सैनिक ऐन, नियम र नेपाली सेनाको स्थापित परम्पराप्रति आफू प्रतिबद्ध रहेको उनले बताए । ‘सैनिक ऐन, नियम र नेपाली सेनाको स्थापित परम्पराको बिपरित गर्ने र हुन दिने कुरा म कल्पना पनि गर्न सक्तिन, म यसप्रति पूर्णप्रतिबद्ध छु,’ उनले लेखेका छन् । 

माओवादीका पूर्वलडाकु एवम् नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारी (प्रतीक्षा)को पदावधि तीन वर्ष थपेर सरकारले सरकारले सेनापति बनाउन चलखेल गरेको समाचारको रक्षामन्त्री खड्काले खण्डन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस