बिराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्।
उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ ग्रहण गराउनेछन्।
मुख्यमन्त्रीको सपथ ग्रहणका लागि आज दिउँसो २ बजेको प्रदेश प्रमुखको कार्यालयमा विशेष समारोह राखिएको कार्यालयका प्रवक्ता रामकुमार श्रेष्ठले जानकारी दिए।
आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने मुख्यमन्त्रीको तयारी छ। कार्की एमाले र कांग्रेसको शेखर कोइराला पक्षका सांसदहरूको समर्थनमा शनिबार कोशीको मुख्यमन्त्री नियुक्त भएका थिए।
उनी नेतृत्वको सरकार संविधानको धारा १६८(५) अनुसारको हो। कार्कीले अबको १ महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ। उनले विश्वासको मत पाउन नसके कोशीमा मध्यावधि हुनेछ।
सत्ता गठबन्धनको केन्द्रीय नेतृत्वले गरेको निर्णयको विरूद्धमा गइ कार्कीले मुख्यमन्त्रीमा दाबी गर्दा उनलाई एमालेले साथ दिएको थियो।
यसबाट सत्ता गठबन्धनमा फुट निम्तने आकलन गरिएपनि शनिबार नै कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शशांक कोइरालाले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी गठबन्धन एक रहेको सन्देश दिएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ असोज २०८०, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिने कांग्रेस, एमाले र नेकपा सरकारमा, जसपाका मन्त्री बर्खास्तीमा
जनमतको झट्का खेपिरहेका मधेसका मुख्यमन्त्रीले जोगाउलान् सत्ता ?
मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
तमिलनाडुका मुख्यमन्त्री विजय चन्द्रशेखरले लिए पद तथा गोपनीयताको शपथ
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा
कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की