घोराही–तुलसीपुर सडक चार लेनको बनाउँछौं : सञ्चारमन्त्री शर्मा

सफल खबर संवाददाता

शनिबार, २७ असोज २०८०, १३ : २१
घोराही–तुलसीपुर सडक चार लेनको बनाउँछौं : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङस्थित घोराही–तुलसीपुर चारलेन सडक निर्माणको काम पुनः सुरु हुन लागेको बताएकी छन् । आज तुलसीपुर उपमहानगरपालिका–१६ मा नेकपा माओवादी केन्द्रले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री शर्माले तिहार लगत्तै बोलपत्र आह्वान गरिने जानकारी दिईन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्रीका अनुसार घोराही–तुलसीपुर सडकलाई चार लेनमा स्तरोन्नति गर्ने सम्बन्धमा सर्वेक्षण भइसकेको छ र भौतिक पूर्वाधारमन्त्रीसँग त्यसबारेमा छलफल भइसकेको बताईन् ।

हाल उक्त सडकखण्डमा सडक मर्मतको काम भइरहेको छ । यसअघि पाँच वर्षसम्म पनि चार लेन निर्माणको काम अलपत्र हुँदा आवागमनमा समस्या भएको छ । बेलाबेलामा यो जीर्ण सडकमा सवारी दुर्घटना हुने गरेका छन् । मन्त्री शर्माले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्साशास्त्रमा स्नातक तहको अध्यापनका लागि भवन निर्माण गर्न ३० करोड बजेट विनियोजन गरेको बताईन् ।

 

प्रतिक्रिया दिनुहोस