ढोरपाटन । बागलुङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । गलकोट नगरपालिका–४ नुवाकोटस्थित रामबहादुर मल्लको ढुङ्गामाटोले बनेको गोठमा आगलागी हुँदा मानवीय क्षति भएको हो । मृतकको सनाखत हुन सकेको छैन ।
गए राति १ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । राति नै इलाका प्रहरी गलकोटको टोली आगो निभाउन घटनास्थलमा पुगेको थियो । आगो के कसरी लाग्यो भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।
पौडेल हत्यामा संलग्न पक्राउ
गत साउन ८ गते इलाका प्रहरी कार्यालय भिमगिठेका इञ्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक उज्जल पौडेलको हत्यामा संलग्न रहेको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बडिगाड गाउँपालिका–६ का १९ वर्षीय विशाल विकलाई पक्राउ गरेको हो ।
सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार यसअघि बडिगाड गाउँपालिका–६ स्थित आशा होटल एण्ड खाजाघरका सञ्चालक आशा कुँवर र उनका छोरा विनोदलाई पक्राउ गरिएको थियो । दुवैजनालाई अदालतले दोषी ठहर गरेपछि कारागार चलान गरिएको थियो । घटनाको थप अनुसन्धान गर्न विकलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक केसीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ असोज २०८०, १० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर
बागलुङका २५ स्थानमा तटबन्ध गरिँदै
काठेखोला गाउँपालिका आधारभूत अस्पताल निर्माण गर्दै
बागलुङको माथिल्लो क्षेत्रमा लालीगुराँससँग रमाउने बढे
बागलुङमा ३ वर्षमा ५५ दुर्घटना : ४० जनाको मृत्यु
महायज्ञमा सहभागी हुन पञ्चकोटमा प्रधानमन्त्री प्रचण्ड