शान्ति सेनामा गएका खोटाङका राईको कङ्गोमा निधन

सफल खबर संवाददाता

शुक्रबार, २६ असोज २०८०, १९ : ४०
शान्ति सेनामा गएका खोटाङका राईको कङ्गोमा निधन

काठमाडौँ । नेपालबाट शान्ति सेनामा गएका एकजनाको निधन भएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि कङ्गोमा तैनाथ प्युठ भुपजित राईको आज निधन भएको हो । 

उनी श्री नरसिंहदल गण (शान्ति सेना) उनान्तिसौँ डफ्फामा कार्यरत थिए ।

नेपाली सेनाका अनुसार कङ्गोमा उनी ट्याक्टिकल अपरेटिङ बेस काम गर्थे । उनी त्यहाँ बिरामी भएका थिए । उनलाई थप उपचारका लागि कङ्गोको बुनियास्थित एक अस्पताल लगिएकोमा उपचारकै क्रममा निधन भएको हो ।

उनको नेपाल ठेगाना खोटाङ हो । उनको शव ल्याउन समन्वय भइरहेको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस