काठमाडौं । शेखर कोइराला अनुपस्थित भएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक निष्कर्षविहीन भएको छ।
सभापति शेरबहादुर देउवाले शुक्रबार अपराह्न ३ बजेका लागि धुम्बाराहीमा बैठक राखे पनि ढिलो गरी बैठक सुरू भएको थियो। बैठकमा कार्यसम्पादन समिति सदस्य कोइराला अनुपस्थित रहेपछि बैठक निष्कर्षविहीन भएको हो।
प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कार्यसम्पादन समिति बैठक शनिबार पनि बस्ने जानकारी दिएका छन्। ‘बैठकमा आउँछु, आउँछु भन्दै शेखर कोइराला अनुपस्थित भएपछि भोलिका लागि बैठक सारिएको उनले बताए।
कोशी प्रदेशमा सत्ता गठबन्धनबाट माओवादीका इन्द्र आङ्बो र नेपाली कांग्रेसका ८ सांसदसहित एमालेका सांसदको समर्थनमा कांग्रेसका केदार कार्कीले मुख्यमन्त्री दाबी गरेका छन्। कांग्रेसका कार्की नेता शेखर कोइरालानिकट हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ असोज २०८०, १८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदमा प्रधानमन्त्रीको खोजी, रुलिङ गर्न सभामुखसँग कांग्रेसको माग
ओलीसँग छलफल गर्न विश्वप्रकाश शर्मा पुगे गुण्डु
प्रदेश सरकार हेरफेरबारे ओली निवासमा कांग्रेस–एमाले नेताबीच छलफल
राष्ट्रपतिको सम्बोधनका क्रममा प्रधानमन्त्रीले संसद् छाडेको विषयमा काँग्रेसद्वारा जवाफ माग
भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष संरक्षणको प्रावधानप्रति काँग्रेसको आपत्ति
काँग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अब अनलाइन प्रणालीमार्फत गर्न सकिने