काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय महिला आयोगले शुक्रवार आफ्नो १६ औं वार्षिक प्रतिवेदन पेस गरेको छ ।प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले महिलाको हकहित, लैंगिक समानता, महिला सशक्तीकरणसँग सम्बन्धित विषयमा आयोगको जिम्मेवारी र दायित्व गहन रहेको बताएका थिए ।
उनले धेरै प्रयासका बाबजुद केही क्षेत्रमा महिलाको उपस्थिति आशालाग्दो देखिए पनि जनसंख्याको आधा हिस्सा ओगटेको वर्गको निर्णायक तहमा प्रतिनिधित्व अझै सन्तोषजनक नभएको बताएका थिए ।
“जनजीवनका अन्य महत्वपूर्ण क्षेत्रमा महिलाको उपस्थिति र योगदानलाई अझ प्रभावकारी माध्यमबाट सुनिश्चित गर्नुपर्ने देखिएको छ, आगामी दिनमा त्यसमा महिला आयोगले अझ सशक्त र प्रभावकारी रुपमा कार्यसम्पादन गर्नेछ भन्ने मैले विश्वास लिएको छु”, उनले भने ।
आयोगले आफ्नो संवैधानिक र कानूनी दायित्व पूरा गर्दै गरेका काम र क्रियाकलापहरू समेटेर तयार पारेको प्रतिवेदनले उठान गरेका विषयहरूलाई सरकारले सम्बोधन गर्ने राष्ट्रपति पौडेलको विश्वास थियो ।
गाउँघरमा पछाडि परेका महिलाहरूको जीवनस्तर उकास्न सामाजिक अभियान चलाउन आवश्यक रहेको उनले बताए ।सो अवसरमा आयोगकी अध्यक्ष कमला पराजुलीले आयोगले गरेका काम कारवाहीको बारेमा संक्षिप्त जानकारी गराएकी थिइन् । उनले महिला हक अधिकारको संरक्षण तथा हिंसा पीडित महिलालाई प्राथमिकता दिएर आयोगले काम गरिरहेको बताएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ असोज २०८०, १४ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कृषि पेसालाई सम्मानित बनाउन नीतिगत सुधार आवश्यक : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट हो : राष्ट्रपति पौडेल
कर्मचारीतन्त्रले नागरिकको मन जिते मात्र लोकतन्त्र दरिलो हुन्छ : राष्ट्रपति पौडेल
नेपाल खेलकुद र पर्यटनका लागि उर्वर भूमि हो : राष्ट्रपति पौडेल
विकासको चाहनालाई पूरा गर्ने शिक्षा अहिलेको आवश्यकता : राष्ट्रपति पौडेल