देउवालाई शेखरको जवाफ : कोशीमा व्याक हुने अवस्था छैन

सफल खबर संवाददाता

शुक्रबार, २६ असोज २०८०, ११ : ४५
देउवालाई शेखरको जवाफ : कोशीमा व्याक हुने अवस्था छैन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभापति शेरबहादुर देउवाले कोशीमा केदार कार्की पक्षबाट भएको हस्ताक्षर फिर्ता लिन आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले आफैं फोन गरेका थिए भने देउवाको निर्देशनमा नेता ज्ञानेन्द्रबहादुुर कार्कीले फोन गरेको शेखर निकट एक केन्द्रीय सदस्यले बताए ।

प्रतिउत्तरमा शेखरले पार्टी जोगाउनलाई यो निर्णयमा पुग्न परेको बताएका थिए । ‘कोशीमा म व्याक हट्न सक्दिनँ । पार्टीबाट नै मुख्यमन्त्री बनाऔं । आफ्नो समूहबाट नभए अर्कोमा जाऔं भन्न सक्नुभएन,’ शेखरले दिएको जवाफ बारे उनी निकट नेताले भने,’कांग्रेसबाट यही नाम र यही व्यक्ति हुनुपर्दछ भनेको थिइनँ । कांग्रेसकै नेतृत्वमा सरकार बनाउनुपर्दछ मात्रै भनेको थिएँ ।’

कार्कीको नेतृत्वमा प्रदेश प्रमुखलाई बुझाइएको हस्ताक्षरबाट आफू पछि हट्नै नसक्ने शेखरले बताएका थिए । राष्ट्रपति र ज्ञानेन्द्रबहादुर कार्कीको अनुरोध नाम फिर्ता लिनका लागि थियो ।

‘नाम फिर्ता गरेर गठबन्धनकै सरकार बनाउन सहयोग गर्नुस् भन्ने थियो । शेखर दाइले स्पष्टसँग नाम फिर्ता गर्न नसकिने बताउनुभयो,’ शेखर निकट नेताले भने ।

प्रतिक्रिया दिनुहोस