एजेन्सी । प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायल बिचको जारी युद्धका कारण लाखौं मानिस घरवारबिहिन भएका छन् ।गत शनिवार बिहानै अप्रत्याशित र आश्चर्यजनक रुपमा हमासले इजरायलमाथी आक्रामण गरे पछि उत्पन्न बिषम परिस्थीतिका कारण लाखौं मानिस घरबार बिहिन भएका छन् ।
इजरायलले गाजा शहरका बिभिन्न भागमा आक्रामण जारी राखेको छ । इजरायलका अनुसार तत्काल सो आक्रामण रोकिने वाला छैन । यसैबिच, हमासकाको सैन्य शाखाले गाजामा इजरायली जमिन आक्रमणसँग लड्न सक्षम रहेको बताएको छ ।
हमासको सैन्य शाखा कासिम ब्रिगेडका प्रवक्ता अबु ओबैदाले भनेका छन, 'हामी हाम्रो भुमी रक्षाका पक्षहरूमा छौं, हामी पुनः इजरायल माथीको हमलालाई दोहोर्याउँछौं।' ‘शत्रुको कारबाहीले हामीलाई नयाँ विकल्पतर्फ लाग्न बाध्य तुल्याएको छ, जसले गर्दा शत्रुलाई अब ठूलो नोक्सान हुदैँछ अब शत्रुहरुले हाम्रो आक्रामणको प्रतिक्षा गरेर बसे हुन्छ,’ हमासको सैन्य बिग्रेडले भनेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ असोज २०८०, १० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणका कारण गाजामा हालसम्म ७० हजारभन्दा बढी मारिए : हमास
हमासले रिहा गर्यो २० जना बन्धक
यी हुन् हमासले आज रिहा गर्ने भनिएका बन्धकहरू
गाजा सहरमा हमास र सशस्त्र समूहबिच आन्तरिक झडप, २७ जनाको मृत्यु
इजरायल-हमास सम्झौतापछि गाजामा हर्षोल्लास
इजरायल-हमास सहमति : यी हुन् शान्ति सम्झौताका मुख्य बुँदा