काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय पदाधिकारी बैठक सुरु भएको छ । कोशी सरकार गठनको बिषयलाई लिएर राप्रपा पदाधिकारीको आकस्मिक बैठक सुरु भएको हो ।
पार्टी केन्द्रिय कार्यालयमा जारी बैठकमा कोशी सरकारको भावी नेतृत्वका लागि दावेदारी प्रस्तुत गरेका दुई उम्मेदवार पक्षमा उभिने वा तटस्थ बस्नेलगायतका बिषयमा निर्णय लिन उक्त बैठक बसेको हो । कोशी सरकार निमार्णका बारेमा सो बैठकले आधिकारिक धारणा सार्बजनिक गर्ने प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
कोशी सरकारको भावी नेतृत्वका लागि नेकपा एमालेका समर्थनमा नेपाली कांग्रेसका शेखर कोइराला पक्षधर केदार कार्की र सत्तारुढ गठबन्धनवाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङबो दावी प्रस्तुत गरेका छन ।
माओबादी नेता आङ्बोले गठबन्धनमा रहेका दलहरु मध्ये नेपाली कांग्रेसका २९, माओवादीका १३, नेकपा एसका ३ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएका छन् भने कांग्रेसका बिद्रोही उम्मेदवार कार्कीले आफूसहित कांग्रेसका ९ तथा एमालेका ३९ सदस्यको हस्ताक्षरसहित कुल ४८ जनाको समर्थनसहित मुख्यमन्त्रीको दाबी गरेका छन् ।
आज प्रदेश प्रमुख परशुराम खापुङले ती दुई मध्ये एकजनालाई नियुक्त गर्दैछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ असोज २०८०, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभामुख पदका लागि राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता
उपसभामुखको उम्मेदवारबारे छलफलमा राप्रपा
राप्रपाका केन्द्रीय सदस्य ऋषिबाबु परियारद्वारा पार्टी परित्याग
राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता बनाउने राप्रपाको तयारी
राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो