काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय पदाधिकारी बैठक सुरु भएको छ । कोशी सरकार गठनको बिषयलाई लिएर राप्रपा पदाधिकारीको आकस्मिक बैठक सुरु भएको हो ।
पार्टी केन्द्रिय कार्यालयमा जारी बैठकमा कोशी सरकारको भावी नेतृत्वका लागि दावेदारी प्रस्तुत गरेका दुई उम्मेदवार पक्षमा उभिने वा तटस्थ बस्नेलगायतका बिषयमा निर्णय लिन उक्त बैठक बसेको हो । कोशी सरकार निमार्णका बारेमा सो बैठकले आधिकारिक धारणा सार्बजनिक गर्ने प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
कोशी सरकारको भावी नेतृत्वका लागि नेकपा एमालेका समर्थनमा नेपाली कांग्रेसका शेखर कोइराला पक्षधर केदार कार्की र सत्तारुढ गठबन्धनवाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङबो दावी प्रस्तुत गरेका छन ।
माओबादी नेता आङ्बोले गठबन्धनमा रहेका दलहरु मध्ये नेपाली कांग्रेसका २९, माओवादीका १३, नेकपा एसका ३ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएका छन् भने कांग्रेसका बिद्रोही उम्मेदवार कार्कीले आफूसहित कांग्रेसका ९ तथा एमालेका ३९ सदस्यको हस्ताक्षरसहित कुल ४८ जनाको समर्थनसहित मुख्यमन्त्रीको दाबी गरेका छन् ।
आज प्रदेश प्रमुख परशुराम खापुङले ती दुई मध्ये एकजनालाई नियुक्त गर्दैछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ असोज २०८०, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेतृत्वका कारण पार्टीको उपादेयता र विश्वसनीयतामाथि प्रश्न उठेको राप्रपा असन्तुष्ट पक्षको निष्कर्ष
राप्रपा महामन्त्री धवलशम्शेरले बोलाए असन्तुष्ट पक्षको बैठक
राप्रपा कार्यसम्पादन समितिको बैठक संस्थापन इतर पक्षले बहिष्कार गर्ने
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन बैठक आह्वान
राप्रपा संस्थापन इतर पक्षको बैठक बस्दै