बनेपा । काभ्रेपलाञ्चोकस्थित बनेपा नगरपालिका-८ सिनागालबाट करिब सात किलो चाँदीको सिक्कासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
भारतको रक्सौल नागाटोल, पूर्वी चम्पार घर बताउने २९ वर्षीय आश्वानी शराफलाई सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
विरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बसमा सवार शराफको साथमा ३ वटा पोकामा चाँदी जस्तो देखिने सेतो धातुको सिक्कालगायतको गरगहना फेला परेपछि नियन्त्रणमा लिएको हो। उनलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी गरिएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ असोज २०८०, १९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजीका नाममा सरकारी कार्यालयमा आगजनीमा संलग्नको आरोपमा पूर्वमन्त्री मोदीका स्वकीय सचिव पक्राउ
क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा पक्राउ
महिलाको हातबाट ब्याग खोस्ने चारजना पक्राउ
जेनजी आन्दोलनका क्रममा चितवनमा आगजनी गर्ने ४३ जना पक्राउ
जेनजी प्रदर्शनमा एटीएम तोडफोड गरेको आरोपमा युवक पक्राउ
काठमाडौंबाट लुटिएका हतियारसहित तीन जना पक्राउ