काठमाडौँ । १६ जना जिल्ला न्यायाधीशको काज सरुवा गरिएको छ । न्याय परिषद्को बैठक बस्न समस्या भएपछि प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले बुधवार जिल्ला न्यायाधीशको काज सरुवा गरेका हुन् ।
खाली भएका स्थान र दरबन्दी धेरै भएको तर इजलास तयार नभएका अदालतबाट अन्य अदालतमा न्यायाधीशहरूको काज सरुवा भएको हो । यसरी काज सरुवा गर्दा कतिपय न्यायाधीशको अवधि पुगेकोले र कतिपयको खाली र दरबन्दी धेरै भएकाहरूलाई गरिएको हो ।
सरुवा भएका न्यायाधीशहरूमा न्याय परिषद् काजमा रहेका न्यायाधीश भुवनसिंह थापालाई रसुवा जिल्ला अदालतमा काज सरुवा गरिएको छ भने चितवनका जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईलाई महोत्तरी, रौतहटका नवराज दाहाललाई कास्की, रुपन्देहीका कृष्णकुमारी सिवाकोटीलाई भक्तपुर, बाँकेका देवकुमार गिरीलाई झापा जिल्ला अदालतमा सरुवा गरिएको छ ।
यसैगरी नवलपरासीका रमेश शर्मा पौडेललाई सिन्धुली, भक्तपुरका तीर्थराज केसीलाई काठमाडौँ, धनुषाका भीष्मराज प्रसाईँलाई बाँके, मुस्ताङका ईश्वर पराजुलीलाई रुपन्देही र ललितपुरका हरिकृष्ण श्रेष्ठलाई धनुषा जिल्ला अदालतका काज सरुवा गरिएको हो ।
त्यस्तै न्यायाधीशहरूमा विश्वनाथ भट्टराईलाई पर्साबाट काभ्रेपलान्चोकमा, रोमनाथ अधिकारीलाई मोरङबाट कपिलवस्तु, रिताकुमारी बख्रेललाई काभ्रेबाट ललितपुर, रोमाकान्त ज्ञवालीलाई स्याङ्जाबाट धनुषा, ओम बहादुर सोडारीलाई झापाबाट मुस्ताङ र विष्णुप्रसाद रेग्मीलाई रुपन्देहीबाट सर्लाही जिल्ला अदालतमा सरुवा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ असोज २०८०, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्च अदालतका न्यायाधीश सिफारिस : संसदीय सुनुवाइ समितिको सूचना, उजुरी दिन १० दिनको समय
उच्च अदालतका चार न्यायाधीश मुख्य न्यायाधीशमा सिफारिस
आलमलाई सफाइ दिने न्यायाधीशमाथि मोसो प्रहार, दुई जना पक्राउ
सर्वोच्चका न्यायाधीश सिफारिसको तयारी, इजलास नराखी छलफलमा जुटे प्रधानन्यायाधीश
पूर्वमन्त्री आलमलाई सफाइ दिने न्यायाधीशहरु विरुद्ध न्यायपरिषदमा उजुरी
न्यायाधीश नियुक्तिका लागि न्याय परिषद् बैठक बस्दै