काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । असोज २६ गते शुक्रबार जारी गर्नेगरी केन्द्रीय बैंकले विकास ऋणपत्र २०८८ ‘घ’ (८ वर्षे) जारी गर्ने भएको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आज दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् । कूल १० अर्ब मध्ये ८५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड रुपैयाँ प्रतिस्पर्धात्मक प्रणालीबाट र बाँकी १ अर्ब ५० लाख रुपैयाँ विनाप्रतिस्पर्धा बाँडफाँड गरिने बैंकले जनाएको छ ।
ऋणपत्र खरिदकर्ताले घटीमा ५० हजार रुपैयाँ र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सकिनेछ । ऋणपत्रको ब्याज भने अर्धवार्षिक अर्थात् ६/६ महिनामा प्रदान गरिने केन्द्रीय बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ असोज २०८०, ११ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने
जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने
५० दरको ४२ करोड नोट छपाइका लागि राष्ट्र बैंकले गर्यो बोलपत्र आह्वान
आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक
३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो १० रुपैयाँ दरका नयाँ नोट