काठमाडौँ । सशस्त्र प्रहरी नायव उपरीक्षक अरुण ढुङ्गानालाई सशस्त्र प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी निरीक्षक बामदेव पण्डित (शर्मा) लाई सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा बढुवा सिफारिस गरिएको छ।
सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त जिम्मेवारी बहन गर्ने क्रममा शारीरिक रूपमा अङ्गभङ्ग भई अशक्त भएका सशस्त्र प्रहरी कर्मचारीहरूको बुद्धि विकासलाई मध्यनजर गरी एक तह बढुवा दिने व्यवस्था अनुरूप उनीहरूलाई बढुवा सिफारिस गरिएको हो ।
ढुङ्गाना र शर्मा द्वन्द्व कालमा विद्युतीय धरापमा परि गम्भीर घाइते भइ अङ्गभङ्ग भएका अधिकृत हुन्।
सशस्त्र प्रहरी बल नेपालको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०८० स्वीकृत भएपश्चात् सो व्यवस्था लागू भएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ असोज २०८०, १९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
सशस्त्र प्रहरीको प्रवक्तामा नायव महानिरीक्षक कार्की
सशस्त्र प्रहरीका तीन डिएसपी एसपी पदमा बढुवा सिफारिस
सशस्त्र प्रहरीको १३औं आईजीपी नारायणदत्त पौडेल
सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विपद् व्यवस्थापनमा उच्च मनोबलसहित खटिन सशस्त्र प्रहरीलाई निर्देशन