गैरीगाउँ हत्याकाण्डको प्रतिवेदन प्रहरीले सरकारी वकिललाई बुझायो

सफल खबर संवाददाता

बुधबार, २४ असोज २०८०, १३ : २०
गैरीगाउँ हत्याकाण्डको प्रतिवेदन प्रहरीले सरकारी वकिललाई बुझायो

काठमाडौं । काठमाडौंको गैरीगाउँमा भएको ४ जनाको हत्या प्रकरणको अनुसन्धान सकिएको छ । काठमाडौं महानगर ३२ तीनकुनेस्थित गैरीगाउँमा रहेको दिव्य समिलमा गत भदौ २९ गते राति भएको हत्या काण्डको अनुसन्धान सकेर प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।

व्यक्तिगत प्रतिशोध (रिसिबी)का कारण हत्या भएको विविध प्रविधिको परीक्षण गरेर अनुसन्धान प्रतिवेदन बुुझाएको हो । हत्याको आरोपमा सन्जय भण्डारी अहिले प्रहरीको नियन्त्रणमा छन् उनी बोल्न र सुन्न सक्दैनन् । उनी फरक क्षमता भएकाले प्रहरीले उनीसँग दोभासेमार्फत बयान लिइरहेको छ । बयानको क्रममा भण्डारीले अन्य व्यक्तिको पनि हत्या गरेको स्वीकारेका थिए ।

गैरीगाउँ घटना गत भदौ २९ गते राति ११ः५५ बजेको समयमा भएको थियो । काठमाडौँ महानगरपालिका–३२ तीनकुने नजिक गैरीगाउँस्थित दिव्य समिलमा कुमार भन्ने पूर्णबहादुर भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका नवीन भन्ने विशाल राईको हत्या भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस