दुइ साताको अमेरिका भ्रमणपछि स्वदेश फर्किए उपेन्द्र यादव

सफल खबर संवाददाता

बुधबार, २४ असोज २०८०, ०८ : ०५
दुइ साताको अमेरिका भ्रमणपछि स्वदेश फर्किए उपेन्द्र यादव

काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणबाट नेपाल फर्किएका छन् । 

झन्डै दुइ साता अमेरिकामा बिताएका अध्यक्ष यादव मंगलबार राती स्वदेश फर्किएका हुन् । अध्यक्ष यादव गत असोज १२ गते अमेरिका गएका थिए । 

एशोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा) को सातौं अधिवेशनमा सहभागी हुनका लागि उनी अमेरिका गएको जसपा नेपालले जनाएको थियो । तर, अमेरिकामा रहेको सो कार्यक्रम बिबादित बनेको थियो, त्यस संस्थामा आबद्ध एउटा पक्षले भने बिरोध र आपत्ति जनाएको थियो । यद्धपी, अध्यक्ष यादवले निमन्त्रणा अनुसारको कार्यक्रममा सहभागी भएर स्वदेश फर्किएका हुन । 

अमेरिकास्थित बिभिन्न संघ संस्थाले आयोजना गरेका विभिन्न अन्तरक्रिया कार्यक्रममा पनि उनको सहभागीता रहेको थियो ।  

प्रतिक्रिया दिनुहोस