काठमाडौं। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले सुरक्षित कर्णाली विशेष अभियान, २०८०’ का साथमा ‘लागुऔषधविरुद्ध लालटिन’ सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ ।प्रदेश प्रहरी सुर्खेतले सोमबार वीरेन्द्रनगरमा अन्तक्रिर्या तथा छलफल कार्यक्रम गरी सरोकारवालाबाट उक्त अभियान सञ्चालनका लागि सुझाव सङ्कलन गरिएको छ ।
पछिल्लो समयमा लागुऔषधको कारोबारी तथा प्रयोगकर्ताको सङ्ख्या बढ्दै जान थालेपछि यहाँको शान्ति सुरक्षामा देखिएको चुनौती सामना गर्ने ध्येयले रणनीतिक योजनासहितको अभियान तयारीका लागि सुझाव सङ्कलन गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।
उनका अनुसार सुरक्षित कर्णाली विशेष अभियानको प्रारम्भका बेला प्रहरीले एक लाख ८४ हजार नागरिकको घरमा स्टिकर टाँसेको थियो ।अब भने ‘लागुऔषधविरुद्ध लालटिन अभियान’ सुरु गर्न लागेको हो ।
यो अभियानको यही असोज २५ गते उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले औपचारिकरूपमा उद्घाटन गरी अगाडि बढाउने कार्यक्रम तय भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ असोज २०८०, ११ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली प्रदेशमा भोली सार्वजनिक बिदा
‘पानी पर्यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’
कर्णालीका ७९ स्थानीय तहका लागि बजेट विनियोजन, कुन पालिकालाई कति ? (पूर्णपाठसहित)
विकासका काममा सबैले सहयोग गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड
कर्णालीको पर्यटनमा लगानी गर्न व्यवसायीलाई मुख्यमन्त्रीको आग्रह
कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ