काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले नयाँ शुल्क निर्धारण गरेको छ । आईओईले स्नातक तहका लागि नयाँ शुल्क ४ लाख ९० हजार निर्धारण गरेको हाे। आईओईले स्नातकतर्फ ३ लाख १८ हजार रुपियाँ शुल्क लिँदै आएकोमा त्यसको ५४ प्रतिशतले वृद्धि गरी ४ लाख ९० हजार पुर्याइएको हो।
यसअघि गत साउन २५ गते निर्णर्य गर्दै बीई, बीआर्क तहको शुल्क बढाएर ७ लाख ७५ हजार ७२० रुपियाँ बनाएकाे थियाे। विद्यार्थीको विरोधका कारण आईओईले शुल्क वृद्धि गर्ने निर्णय फिर्ता लिएकाे थियाे।
आईओई कार्यान्वयन समितिको असोज १९ को निर्णय नं. २८७९ अनुसार चार वर्षको धरौटी नियमित अर्थात् छात्रवृत्तितर्फ ५६ हजार ७ सय रुपियाँ तोकिएको छ भने विदेशी विद्यार्थीको हकमा भने १३ हजार १३ लाख ५०० रुपियाँ शुल्क कायम गरिएको छ ।
विश्वविद्यालयका पदाधिकारी र विद्यार्थीसँग छलफल गरी शुल्क वृद्धि गरेको आईओईले जनाएकाे छ । त्रिवि अन्तर्गत आईओईका ५ वटा आंगिक क्याम्पसमा इन्जिनियरिङका १२ वटा शैक्षिक कार्यक्रम सञ्चालन हुन्छन् । ती क्याम्पसमा २ हजार ४० सिटमध्ये ६ सय ३० सिट छात्रवृत्ति कोटाका लागि छुट्याइएको छ । आंगिक र निजी गरी १५ वटा क्याम्पसमा ४ हजार ३४४ सिटका लागि ९ हजार ३०० विद्यार्थीले प्रवेश परीक्षाका लागि यसअघि नै आवेदन दिइसकेका छन् । बीई र बीआर्कको प्रवेश परीक्षा आगामी कात्तिक १४ गतेबाट सञ्चालन गर्ने संस्थानले जनाएकाे छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ असोज २०८०, १९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिविको वार्षिक साधारण सभाबाट ६३ औँ ग्रेस लिष्ट पारित
यो वर्ष त्रिविबाट ग्राजुएट हुँदै ९० हजार विद्यार्थी
सर्वोच्चको आदेशपछि आंशिक प्राध्यापकले खोले त्रिभुवन विश्वविद्यालयको ताला
त्रिवि सभा सदस्य मनोनयन प्रक्रियामा स्ववियुकाे आपत्ति
त्रिविमा तोडफोड गरेको आरोपमा एक जना पक्राउ
त्रिवि उपकुलपतिको कार्यकक्षमा तोडफोड