इजरायलमा नेपाली विद्यार्थीलाई सुरक्षित ठाउँमा सारियो

सफल खबर संवाददाता

सोमबार, २२ असोज २०८०, १९ : ०२
इजरायलमा नेपाली विद्यार्थीलाई सुरक्षित ठाउँमा सारियो

काठमाडौं। हमासको आक्रमणमा परी इजरायलमा अलपत्र परेका विद्यार्थीहरूले आफूहरूको उद्धार हुन थालेको जानकारी गराएका छन्। त्यहाँका सुरक्षाकर्मीले उनीहरूलाई सुरक्षित ठाउँमा लगिएको भिडियोमार्फत जानकारी गराएका छन् ।

उद्धार गरेर लगिएकाहरुलाई तेल अभिभतर्फ लगिएको छ । ‘फार्मका सबै साथिहरू आइसकेका छौं। हामी सबैले खाने कुरा पनि पायौं। यहाँ चारैतिर आर्मीहरू छन्’ सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय, कैलालीका विद्यार्थी लुईस रिजालले भने ।

प्रतिक्रिया दिनुहोस