काठमाडौं । नेकपा एमालेले इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणको घटनाप्रति निन्दा गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले एक विज्ञप्ति जारी गर्दै निर्दोष नागरिक, वृद्धवृद्धा र बालबालिकाको हत्या र अपहरण जस्ता अमानवीय कार्यले प्यालेस्टिनी जनताले उठाउँदै आएको समस्या समाधान गर्दैन बरु थप बढाउन मद्दत गर्छ भन्ने पार्टीको ठम्याइ भएको जनाएका छन् ।
ओलीले भनेका छन्, ‘मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै दशैंको मुखमा भएको यस पीडादायक घटनाबाट शोकमा पर्नुभएका परिवारजनमा गहिरो समवेदनाका व्यक्त गर्दछु । हामी सबै शोकमा छौँ । म सबैमा धैर्य धारण गर्न आग्रह गर्दछु ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ असोज २०८०, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत