'आपराधिक विश्वासघात' आरोपमा निर्देशक सुदर्शन थापाविरुद्ध प्रहरीमा जाहेरी

सफल खबर संवाददाता

आइतबार, २१ असोज २०८०, १५ : ५३
'आपराधिक विश्वासघात' आरोपमा निर्देशक सुदर्शन थापाविरुद्ध प्रहरीमा जाहेरी

काठमाडौं । चलचित्र निर्देशक सुदर्शन थापाविरुद्ध प्रहरीमा जाहेरी परेको छ । चलचित्र प्रसाद–२ का निर्माता सुदर्शन बस्नेतले आपराधिक विश्वासघात गरेको आरोपमा उनीविरुद्ध प्रहरीमा जाहेरी दिएका हुन् । 

सोही घटनामा ओएसआर डिजिटलका सन्चालक ओम अग्रवाल पक्राउ परिसकेका छन् । आफ्नो अनुमति र मन्जुरीबिना अग्रवाल, थापा र मिलन श्रेष्ठले स्वदेश तथा विदेशमा चलचित्र प्रसारण गरी आफूलाई एक करोड ५० लाख रुपैयाँ आर्थिक नोक्सानी पु-याएको भन्दै निर्माता बस्नेतले उनीहरुविरुद्ध जाहेरी दिएका हुन् । 

प्रतिक्रिया दिनुहोस