चिट्ठा विधेयक विवादबीच आज बागमती प्रदेशसभा बैठक बस्दै

सफल खबर संवाददाता

आइतबार, २१ असोज २०८०, १० : ४८
चिट्ठा विधेयक विवादबीच आज बागमती प्रदेशसभा बैठक बस्दै

काठमाडौं। मनहरि–बागमती प्रदेशसभाको बैठक  आज अपराह्न ३ः०० बजे बस्दैछ । उक्त बैठकमा छलफलका दुई विधेयक लागि पेस हुने बागमती प्रदेशसभा सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

 

बैठक यसअघि यही असोज १७ गते बुधवार बसेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको थियो ।बागमती प्रदेशसभामा हाल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी एक सय १० जना प्रदेशसभाका सदस्य रहेका छन् ।

 

बागमती प्रदेशसभा चिट्ठा विधेयकले केही विवाद सिर्जना गरेको छ । सरकारले प्रस्तुत गरेको सो विधेयकलाई  बैठकमा प्रतिपक्षी सदस्यले विरोध जनाउँदै आएका छन्  ।सदस्यलाई पूर्वजानकारी नै नदिई सरकारले सिधै बैठकमा चिट्ठा विधेयक टेबुल गर्न खोजेपछि प्रमुख प्रतिपक्षी दल एमालेले विरोध गर्दै आएको हो  ।

प्रतिक्रिया दिनुहोस