प्रधानमन्त्री ‘प्रचण्ड’ र माधव नेपालबीच सिंहदरवारमा भेटवार्ता, सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल

सफल खबर संवाददाता

शनिबार, २० असोज २०८०, १३ : ५०
प्रधानमन्त्री ‘प्रचण्ड’ र माधव नेपालबीच सिंहदरवारमा भेटवार्ता, सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा शनिवार भएको भेटमा सरकारलाई प्रभवकारी बनाउने बारेमा छलफल भएको हो ।

भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले समाजवादी मोर्चा नेपालको धनगढीमा गर्ने आम सभासहित सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताए । उनले अर्थतन्त्र चलायमान बनाउने र देशका समस्या समाधान गर्ने बारेमा छलफल भएको बताए । उनले सरकारका विभिन्न निकायका नियुक्तिका बारेमा छलफल भएको बताए ।

उनले भने,’ समाजवादी मोर्चा नेपालको एउटा कार्यक्रम गर्न बाँकी छ, धनगढीमा । त्यो सल्लाह गरेर टुंगो लाग्छ । सरकारलाई प्रभवकारी बनाउने बारेमा छलफल भयो । अर्थतन्त्रकै बारेमा पनि सफल बनाउनेबारेमा छलफल भएको छ । उहाँले पनि योजना बनाउनुभएको रहेछ, हामीले पनि कसरी राम्रो बनाउने भनेर छुटै बैठक बस्ने सल्लाह दिएका छौँ । गबठन्धन दलका नेताहरु मात्रै बसेर सिंगो देशको मुक्ति र सञ्चालनकै सन्दर्भमा के समस्या रहेका छन्, हाम्रा अलगअलग धारणा छन् की छैनन्, कसरी समाधान गर्ने भन्ने विषयमा छलफल भयो । त्यस बाहेक दुई पार्टी बीचको सम्बन्धलाई कसरी घनिभुत र बलियो बनाउने भन्ने बारेमा प्रदेश र जिल्लामा संयन्त्र बनाइ कतिपय ठाउँमा देखिएका समस्या र गुनासाको सम्बोधनका बारेमा कुराकानी भयो । सरकारका विभिन्न निकायका नियुक्तिका बारेमा पनि कुराकानी भए । संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणमा भेटघाटको सन्दर्भ, संसदमा सम्बोधन गर्नेकुराको सन्दर्भमा पनि कुरा भयो । सदन सञ्चालन कहिलेसम्म हुने ? त्यस बारेमा पनि कुरा भयो ।’

 

प्रतिक्रिया दिनुहोस