काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले निर्माण व्यवसायीहरूको बाँकी बक्यौता दसैँ अघि नै भुक्तानी हुने दाबी गरेका छन् । शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.महतले भुक्तानीका लागि सम्बन्धित मन्त्रालयलाई बक्यौता दायित्व माग गरिएको र सम्पूर्ण विवरण आइसकेपछि भुक्तानी सुरु गरिने बताए ।
‘गत असार मसान्तसम्म सरकारले ६० देखि ७० अर्ब भुक्तानी दिइसकेको छ । केही प्राविधिक समस्याका कारणले अब त्यस्तै ६–७ अर्ब जति बक्यौता होला । सम्बन्धित मन्त्रालय, विभागहरूसँग विवरण माग गरिसकेका छौँ । सम्पूर्ण रिपोर्ट आउने बित्तिकै भुक्तानी सुरु हुन्छ’ अर्थमन्त्री महतले भने ।
सोही अवसरमा अर्थमन्त्री डा.महतले बाहिर आएजस्तो अहिले मुलुक चरम आर्थिक सङ्कटमा नभएको बताउँदै क्रमशः सुधार उन्मुख रहेको बताए । विगतमा राष्ट्र बैङ्कले सहज रुपमा ऋण प्रवाह गर्दा, आवश्यक नीति र औजारहरुको सही परिचालन गर्न नसक्दा समस्या आएको जिकिर गर्दै अर्थमन्त्रीले अहिले बिस्तारै अर्थतन्त्र लिकमा आएको बताए ।
‘सहजपुरमा ऋण पाउँदा त्यसलाई उत्पादनशील क्षेत्रमा कहाँ परिणाम आउँछ कहाँ आउँदैन नहेरी लगानी भयो । त्यसको असर अहिले देखियो । उता मौद्रिक नीतिमा कडाइ गर्दा यता ब्याजदर बढ्यो र उत्पादन घट्न पुग्यो । ब्याजदरकै कारण लगानीको वातावरण नभएको भन्दै केही व्यवसायीहरू समेत समस्यामा परेको उनले बताए । तर अहिले सरकार अर्थतन्त्रको जग बनाउन लागि परेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ असोज २०८०, १६ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री
अर्थमन्त्री वाग्लेले किन यस्तो भने : ‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र म माथि आक्रमण भयो'
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफलमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने
अर्थमन्त्री वाग्लेले पत्रकारहरूसँग अन्तरक्रिया गर्ने
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ
प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने