काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले निर्माण व्यवसायीहरूको बाँकी बक्यौता दसैँ अघि नै भुक्तानी हुने दाबी गरेका छन् । शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.महतले भुक्तानीका लागि सम्बन्धित मन्त्रालयलाई बक्यौता दायित्व माग गरिएको र सम्पूर्ण विवरण आइसकेपछि भुक्तानी सुरु गरिने बताए ।
‘गत असार मसान्तसम्म सरकारले ६० देखि ७० अर्ब भुक्तानी दिइसकेको छ । केही प्राविधिक समस्याका कारणले अब त्यस्तै ६–७ अर्ब जति बक्यौता होला । सम्बन्धित मन्त्रालय, विभागहरूसँग विवरण माग गरिसकेका छौँ । सम्पूर्ण रिपोर्ट आउने बित्तिकै भुक्तानी सुरु हुन्छ’ अर्थमन्त्री महतले भने ।
सोही अवसरमा अर्थमन्त्री डा.महतले बाहिर आएजस्तो अहिले मुलुक चरम आर्थिक सङ्कटमा नभएको बताउँदै क्रमशः सुधार उन्मुख रहेको बताए । विगतमा राष्ट्र बैङ्कले सहज रुपमा ऋण प्रवाह गर्दा, आवश्यक नीति र औजारहरुको सही परिचालन गर्न नसक्दा समस्या आएको जिकिर गर्दै अर्थमन्त्रीले अहिले बिस्तारै अर्थतन्त्र लिकमा आएको बताए ।
‘सहजपुरमा ऋण पाउँदा त्यसलाई उत्पादनशील क्षेत्रमा कहाँ परिणाम आउँछ कहाँ आउँदैन नहेरी लगानी भयो । त्यसको असर अहिले देखियो । उता मौद्रिक नीतिमा कडाइ गर्दा यता ब्याजदर बढ्यो र उत्पादन घट्न पुग्यो । ब्याजदरकै कारण लगानीको वातावरण नभएको भन्दै केही व्यवसायीहरू समेत समस्यामा परेको उनले बताए । तर अहिले सरकार अर्थतन्त्रको जग बनाउन लागि परेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ असोज २०८०, १६ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्यमान समस्याको हल हुनेगरी बजेट ल्याउँछौँ : अर्थमन्त्री पौडेल
वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको सदुपयोग गर्ने आधार बनाऔँः अर्थमन्त्री पौडेल
राष्ट्र बैंकका मौद्रिक नीतिका व्यवस्थामा सरकारले हस्तक्षेप गर्न मिल्दैन: अर्थमन्त्री
आरोप पुष्टि गर्न सांसदहरूलाई अर्थमन्त्री पौडेलको चुनौती
‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१’ प्रतिनिधिसभामा प्रस्तुत
तीन करोड रुपैयाँका भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह