काठमाडौं। सरकारले बझाङ भूकम्पमा परी निधन भएका व्यक्तिको परिवारलाई आर्थिक सहयोग स्वरूप तत्काल दुई लाख रुपैयाँ दिने घोषणा गरेको छ । भूकम्प प्रभावित क्षेत्रको अवलोकनका लागि बझाङ पुगेका प्रधानमन्त्रीले यस्तो घोषणा गरेका हुन् ।
गत मंगलवार गएको भूकम्पमा एक जनाको निधन भएको थियो ।सरकारले भूकम्पमा परी घाइते हुनेहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाइएको घोषणा पनि गरेको छ ।
भूकम्प प्रभावितलाई राहत सामग्रीहरू पाल, कम्बल, औषधी, खाद्यान्न, लत्ताकपडा, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने सामग्रीहरूको व्यवस्थापन गरिएको भन्दै सरकारले थप सामग्री आवश्यक परेमा तीनै तहका सरकारको समन्वयमा व्यवस्था गरिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ असोज २०८०, १६ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतको असममा ५.१ म्याग्निच्युडको भूकम्प
उदयपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प
ताप्लेजुङ आसपास केन्द्रविन्दु भएर भूकम्प
मेक्सिकोमा ६.५ म्याग्निच्युडको भूकम्प
जापानमा भूकम्प : कम्तीमा ३० जना घाइते, एक हप्तासम्म ‘हाई-अलर्ट’मा रहन चेतावनी
जापानमा ७.६ म्याग्निच्युडको भूकम्प