बर्दिया राष्ट्रिय निकुञ्जको गैँडा मृत फेला

सफल खबर संवाददाता

शुक्रबार, १९ असोज २०८०, १२ : ४२
बर्दिया राष्ट्रिय निकुञ्जको गैँडा मृत फेला

बर्दिया। बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको एउटा पोथी गैँडा मृत फेला परेको छ । गेरुवा गाउँपालिकास्थित बाजपुर सामुदायिक वनमा करिब १९/२० वर्षको पोथी गैँडा मृत फेला परेको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रीविनोद दाहालले गैँडा मृत फेला परेको जानकारी दिए ।मृत गैँडाको शव परीक्षणपछि घटनाबारे विस्तृत विवरण आउने निकुञ्ज प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस