न्युजिल्यान्डविरुद्ध इंग्ल्यान्डले २५ ओभरमा १३५ रन बनायो

सफल खबर संवाददाता

विहीबार, १८ असोज २०८०, १६ : २६
न्युजिल्यान्डविरुद्ध इंग्ल्यान्डले २५ ओभरमा १३५ रन बनायो

काठमाडौं। भारतमा जारी १३ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप २०२३ को उद्धघाटन खेलमा अहिले इंग्ल्यान्ड र न्युजिल्यान्ड भिडिरहेका छन् ।भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा न्युजिल्यान्डका कप्तान टम लाथमले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए ।

यसैबीच, टस हारेर ब्याटिङ गरिरहेको साविक विजेता इंग्ल्यान्डले २५ ओभरमा १३५ रन बनाएको छ । उसले ४ विकेट गुमाएर १३५ रन बनाएको हो ।इंग्ल्यान्डले ७.४ ओभरमा ४० रन बनाएको अवस्थामा पहिलो विकेट गुमाएको थियो । डेविड मालानले १४ रन बनाएर आउट भएका हुन् । 

 

यसपछि जोनी बेरिस्टो ३३, ह्यारी ब्रुक २५ र मोइन अली ११ रन बनाएर आउट भएका हुन् । बेरिस्टाले हालसम्म सर्वाधिक रन बनाएका छन् ।अहिले कप्तान जोस बटलर र जो रुट क्रिजमा छन् ।