नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामुक्त हुन दर्ता गरिएको निवेदनमाथि सुनुवाइ स्थगित

सफल खबर संवाददाता

विहीबार, १८ असोज २०८०, १३ : ४१
नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामुक्त हुन दर्ता गरिएको निवेदनमाथि सुनुवाइ स्थगित

काठमाडौँ  । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामुक्त हुन माग गर्दै उच्च अदालत पाटनमा दर्ता गरिएको रिट निवेदनमाथिको सुनुवाइ स्थगित भएको छ ।

पूर्वगृहमन्त्री बालकृष्ण खाँण, टोपबहादुर रायमाझीलगायतले दर्ता गरेको निवेदन न्यायाधीशद्वय श्यामजी प्रधान र दीपेन्द्र अधिकारीको संयुक्त इजलासमा परेको थियो । यद्यपि, बिहीबारका लागि सो निवेदनमाथिको सुनुवाइ स्थगित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस