काठमाडौं। नेपालगञ्जका योगराज ढकाल ‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरूद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदन न्यायाधीश मनोजकुमार शर्माको एकल इजालसमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
चेतन मानन्धरकी पत्नी भारती शेर्पाले गत आइतवार रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।रिगलले खुँडा प्रहार गरेर नेपालगञ्जका चेतनको हत्या गरेका थिए ।
आफ्ना पतिको जघन्य हत्यामा संलग्न ढकालको कैद सजाय माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरेर उनलाई फेरि कैदमा पठाउन शेर्पाले रिट निवेदनमा माग गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ असोज २०८०, ११ : १६
लेखकबाट थप