काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक संसद् भवन बानेश्वरमा एक बजेर एक मिनेट जाँदाका लागि बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ ।
बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।
त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले विधायन सम्बन्धी विधेयक, २०८० सभा समक्ष पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ असोज २०८०, ०९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छठले राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्छ: राष्ट्रियसभा अध्यक्ष दाहाल
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
राष्ट्रियसभाको बैठक आज बस्दै
राष्ट्रियसभा बैठक आज, पाँच कार्यसूचीमा छलफल
आज राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची