वर्षभित्र एक हजार मेघावाट विद्युत उत्पादन थप्छौं : मन्त्री बस्नेत

सफल खबर संवाददाता

बुधबार, १७ असोज २०८०, १९ : ११
वर्षभित्र एक हजार मेघावाट विद्युत उत्पादन थप्छौं : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्ष भित्रमा एक हजार मेघावाट विद्युत उत्पादन थप गर्ने बताएका छन ।

बुधबार राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आस्वासन समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले अगामी आर्थिक वर्ष २०८१र८२ भित्रमा एक हजार मेघावाट विद्युत उत्पादन थप गर्ने बताए । उनले मन्त्रालयसँग आगामी १२ वर्ष भित्रमा २८ हजार मेघावाटभन्दा बढी विद्युत उत्पादन गर्ने स्पष्ट मार्गचित्र भएको बताए।

मन्त्री बस्नेतले आगामी १२ वर्ष भित्रमा कुन वर्षमा कति मेघावाट विद्युत कहाँबाट उत्पादन गर्ने भन्ने तथ्य र तथ्यांकसहित मन्त्रालय अगाडी बढेको बताए। त्यसको निम्ति लगानीको व्यवस्थापन गर्ने सम्बन्धमा पनि मन्त्रालय स्पष्ट रहेको उनले बताए ।

मन्त्री बस्नेतले आगामी दुई वर्ष भित्र सतप्रतिशत विद्युतिकरण गर्ने लक्ष्यका साथ काम गरिरहेको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस