रिगलको कैद मिनाहाविरुद्ध अनसन बसेकी भारती सर्वोच्च परिसरमै ढलिन्

सफल खबर संवाददाता

बुधबार, १७ असोज २०८०, १३ : २३
रिगलको कैद मिनाहाविरुद्ध अनसन बसेकी भारती सर्वोच्च परिसरमै ढलिन्

काठमाडौँ । रिगल भनिने योगराज ढकालको कैद मिनाहाविरुद्ध अनसन थालेकी भारती मानन्धर सर्वोच्च अदालत परिसरमै ढलेकी छन् ।

कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध दिएको रिटको तारेख लिन उनी सर्वोच्च पुगेकी थिइन् । तारेख बुझेर फर्किने क्रममा उनी अदालत परिसरमै ढलेकी हुन् । उनलाई प्रहरीले उठाएर केहीबेर बेञ्चमा राखेपछि अस्पताल पठाएको छ ।

श्रीमान् चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगलको कैद मिनाहा भएपछि उनी न्याय माग्दै काठमाडौँ आएकी छिन् । उनले बुधबारदेखि माइतीघर मण्डलामा दुई घन्टे रिले अनसन समेत थालेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस