गायिका दिलमाया खातीको निधन

सफल खबर संवाददाता

बुधबार, १७ असोज २०८०, ११ : २४
गायिका दिलमाया खातीको निधन

काठमाडौं । गायिका दिलमाया खातीको निधन भएको छ। लामो समयदेखि दम रोगबाट पीडित खातीको मंगलबार राति भारतको सिलगुढीमा निधन भएको  हो।

करिब डेढ सय बढी नेपाली गीत गाएकी दिलमायाको ८४ वर्षको उमेरमा निधन भएको हो। उनी सन् १९३९  अक्टुबर ६ तारिखमा दार्जिलिङमा जन्मिएकी हुन्। दिलमायालाई 'मेलोडी मुन'भनेर पनि चिनिन्छ ।

खाति पहिलो पटक सन् १९६२ मा काठमाडौं आएकी थिइन्। 'बिछोडको पीड नसकी खप्न दसैंको बेलामा,'सम्झेर बुझेर दिइहाल त्यो जोवन,' खोलाको दुई किनारा भव तिम्रो र मेरो पिरती,'लगायत उनका चर्चित गीतहरू छन्।

उनी देवकोटा सम्मान,शिखा सुर सम्मान,लहानी नेपाल सम्मान,गुञ्जन सम्मान र भूपाल संगीत पुरस्कारबाट सम्मानित भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस