पशुपति क्षेत्र विकास कोषको सदस्यमा राजु केसी नियुक्त

सफल खबर संवाददाता

बुधबार, १७ असोज २०८०, ११ : २०
पशुपति क्षेत्र विकास कोषको सदस्यमा राजु केसी नियुक्त

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा राजु केसी नियुक्त भएका छन् । मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले केसीलाई अर्को व्यवस्था नभएसम्म कोषको सन्चालक परिषद सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको प्रस्तावमा केसीले जिम्मेवारी पाएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलहरी प्रकरणमा सदस्य सचिव मिलन कुमार थापामाथि भ्रष्टाचार मुद्दा लगाएपछि उनी निलम्वित भएका छन् । कांग्रेसको कोटाबाट केसी सदस्य नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस