लोसपाको केन्द्रिय कार्यकारिणी समितिको बैठक आज पनि जारी

सफल खबर संवाददाता

बुधबार, १७ असोज २०८०, ०९ : ०६
लोसपाको केन्द्रिय कार्यकारिणी समितिको बैठक आज पनि जारी

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रिय कार्य कारिणी समितिको बैठक जारी छ ।

हिजो देखी काठमाडौं, बुद्द नगरस्थित एक पार्टी प्यालेसमा सुरु भएको केन्द्रिय कार्यकारिणी समितिको बैठक आज पनि जारी रहने भएको छ ।

गत असोज ८ गते केन्द्रिय कार्य समिति बिस्तार गरे पछि लोसपाले पहिलो पटक कार्यकारिणी समितिको बैठक बोलाएको हो । 

समासमायिक राजनीतिक बिषयसहित संगठन बिस्तार र केन्द्रिय नेताहरुको जिम्मेवारी बाँडफाँडका बारेमा छलफल भईरहेको महासचिव केशव झाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस