काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का तीन केन्द्रीय नेतासहित सिरहाका दर्जनौँ नेता जनमत पार्टीमा प्रवेश गरेका छन् । जसपाका केन्द्रिय सदस्य तथा राजनीतिक समिति सदस्य उदय नारायण यादव, केन्द्रिय सदस्य नथुनी यादव र कार्यकारिणी सदस्य कुलानन्द झा जनमत पार्टीमा प्रवेश गरेका हुन् ।
यस्तै जसपाका सिरहा जिल्ला सदस्य मो. झबु राइन, जसपा मधेश प्रदेश सदस्य मो. हमजा राइन र माओवादी केन्द्रका विद्यार्थी सङ्गठनका सिरहा जिल्ला अध्यक्ष गजेन्द्र ठाकुर लगायतका नेताहरू पनि जनमतमा एकसाथ प्रवेश गरेका छन् ।
उनीहरू काठमाडौँस्थित जनमत पार्टीको केन्द्रीय कार्यालय पुगेर पाटी अध्यक्ष डा. सीके राउतबाट टिका थापेर पार्टी प्रवेश गरेका छन् । उनीहरूलाई जनमतका केन्द्रीय सदस्य वीरेन्द्र साहले पार्टीमा भित्र्याए थिए।
अध्यक्ष डा. राउतले नवप्रवेशी नेताहरूलाई स्वागत गर्दै पार्टीमा सम्मानजनक जिम्मेवारी दिने प्रतिबद्धता जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ असोज २०८०, १५ : ५५
लेखकबाट थप