लोसपाको पदाधिकारी बैठक सुरु

सफल खबर संवाददाता

मंगलबार, १६ असोज २०८०, १३ : ०९
लोसपाको पदाधिकारी बैठक सुरु

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीको पदाधिकारी बैठक सुरु भएको छ । एक पाटी प्यालेसमा सुरु भएको बैठक भोलिसम्म चल्नेछ ।

 

पार्टीमा बन्न बाँकी रहेको समिति बनाउने विषयमा छलफल हुने, केन्द्रीय समिति विस्तार, कार्यविभाजन तथा अहिले बनेको कार्यसमितिको विषयमा पनि छलफल हुने बताइएको छ ।

असोज ८ गते कार्यसमिति चयन भएपछि यो पहिलो बैठक हो । यो बैठकमा पदाधिकारीबीच परिचय आदान प्रदान हुने बताइएको छ ।  

प्रतिक्रिया दिनुहोस