काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराएको छ । सोमबार राष्ट्रपति भवन शीतल निवास पुगेर सभापति रवि लामिछाने, महामन्त्री मुकुल ढकाल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटीसहितका नेताहरू राष्ट्रपति पौडेललाई आममाफीप्रति ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
३ असोज संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले कर्तव्य ज्यानमुद्दामा दोषी ठहर भएर सर्वस्वसहित जेल सजाय भोगिरहेका नेपालगञ्जका गुन्डा नाइके तरुण दलका नेता योग ढकाल (रिगल)लाई आममाफी दिएका थिए । जसको सर्वत्र विरोध भइरहेका बेला रास्वपााले ध्यानाकर्षण पत्र बुझाएको हो ।
‘यहाँ स्वयंले केहीको नाम काटेर सरकारको सिफारिस कार्यान्वयन गर्नुभएको चर्चा भए पनि माफी मिनाहको सूचीमा परेका बाँकेका रिगल भनिने योगराज ढकाल, बाँकेकै चेतन मानन्धरको हत्या अभियोगमा २०७५ वैशाखमा जन्मकैदको सजाय पाएका तरुण दलका स्थानीय नेता ढकाललाई कैदमुक्त गराउन सरकारको गरेको सिफारिस कानूनको अभिष्ट विपरीत भएको तथ्य स्पष्ट छ,’ ध्यानाकर्षणपत्रमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ असोज २०८०, १३ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आतंकवादविरुद्ध सरकारको अडानको रास्वपाले गर्यो स्वागत
जीवी राईलाई अहिलेसम्म किन पक्राउ नगरेको भन्दै सरकारलाई रास्वपाको प्रश्न
रास्वपाद्वारा रेशम चौधरी पक्राउप्रति न्यायिक छानिबन गर्न माग
तोकिएकै समयमा अधिवेशन गर्न रास्वपाको निर्देशन
सरकारले शिक्षकहरूमाथि शक्ति प्रदर्शन गरेको भन्दै रास्वपाले जनायो आपत्ति
रास्वपाले तोक्यो ७ प्रादेशिक इन्चार्ज