काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको सम्पूर्ण कार्यकारी अधिकार रेशम चौधरीले लिने भएका छन् । पार्टीले सम्पूर्ण कार्यकारी अधिकार संरक्षक चौधरीलाई दिने निर्णय गरेको हो ।
हालै सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशन सम्पन्न नहुँदासम्म पार्टीका सम्पूर्ण कार्यकारी अधिकार चौधरीलाई दिने निर्णय गरेको जानकारी गराइएको छ ।बैठकले प्रथम महाधिवेशन आयोजक समितिको संयोजकसमेत दिँदै चौधरीलाई सम्पूर्ण अधिकार प्रत्यायोजन गरेको हो ।
यस्तै, बैठकले पार्टीको केन्द्रीय महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म कैलालीको टीकापुरमा गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ असोज २०८०, ११ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परिवारमै फुटको राजनीति : नागरिक उन्मुक्ति पार्टीको संकट र रेशम-रञ्जिता सम्बन्धको समीकरण
नागरिक उन्मुक्ति पार्टीले रन्जिता श्रेष्ठलाई अध्यक्षबाट हटायो
रञ्जिताले स्पष्टीकरण नबुझाएपछि अनुशासन समितिको निर्णयलाई राष्ट्रिय भेलाले अनुमोदन गर्ने
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
नाउपाद्वारा सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता
स्वदेशमै रोक्न युवा केन्द्रित नीति जरुरी छ : सांसद श्रेष्ठ