काठमाडौँ । सहकर्मी महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका नेपाल प्रहरीका एकजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)ले राजीनामा दिएका छन् । एसएसपी योगबहादुर पालले राजीनामा पेश गरेको प्रहरी प्रवक्ता (डीआईजी) कुवेर कडायतले रातोपाटीलाई बताए ।
डीआईजी कडायतले भने– ‘राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाइएको छ ।’ सुदूरपश्चिम प्र्देश कार्यालयमा रहँदा एसएसपी पालले दुर्व्यवहार गरेको भन्दै एकजना महिला सहायक हवलदारले १९ जेठमा उजुरी गरेकी थिइन् ।
त्यसबारे डीआईजी सुरेन्द्र मैनाली नेतृत्वको छानबिन समितिले पाललाई बर्खास्त गर्न सिफारिस गरेको छ । छानबिनका लागी गृह मन्त्रालयले उनलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ असोज २०८०, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरिकुमार पोखरेल यौन दुर्व्यवहार कसुरमा दोषी ठहर
यौन दुर्व्यवहारमा परेकी आनन्दी सदाय आफ्नै घरमा मृत भेटिइन्
बालिका यौन दुर्व्यवहारको आरोपमा मदन राई दोषी ठहर