सप्तरीको डाक्नेश्वरी नगरपालकिाका–१ का वडाध्यक्षको निधन भएको छ।
वडाध्यक्ष हरिप्रसाद रायको हृदयघातका कारण आइतबार निधन भएको नगरप्रमुख रामलखन मलहाले जनाकारी दिए।
६५ वर्षीय राय पछिल्लो छ महिनायता प्यारालाइसिसका कारण बिरामी परेका थिए। उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियमित उपचार हुँदै आएको थियो।
घरमै हृदयघाटका कारण वडाध्यक्ष रायको निधन भएको हो। वडाध्यक्षको निधनको शोकमा आज डाक्नेश्वरी नगरपालिकामा शोक बिदा दिइएको छ।
विसं २०७९ को स्थानीय तहको निर्वाचनमा राय नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ असोज २०८०, १० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको निधन
तारकेश्वर गाउँपालिकाका वडाध्यक्ष रिमालको निधन
गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
प्रजातान्त्रिक आन्दोलनका योद्धा कुशवाहाको निधन
लिभरपुल र पोर्चुगलका स्टार स्ट्राइकर डिएगो जोटाको निधन
रोल्पाको थवाङ-५ का वडाध्यक्षको निधनमा शोक बिदा