काठमाडौ । नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना अझै सुरु हुन सकेको छैन्।
सोमबार बिहान ८ बजेदेखि मतगणना हुने भनिएपनि १० बज्न लाग्दा समेत मतगणना नभएको हो।
असोज १० गतेबाट सुरु भएको एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन हुन नसकेपछि आइतबार मतदान भएको थियो।
मतगणनाका लागि उम्मेदवार तथा नेताहरू छलफलमा रहेका छन्। छलफल सकिए लगत्तै मतगणना सुरु हुने प्रदेश अधिवेशन निर्वाचन कमिटीले जनाएको छ । निर्वाचनमा कुल ६१६ मतदाता मध्ये ६०९ मत खसेको थियो।
कर्णालीमा अध्यक्ष पदका लागि तीन जना उम्मेदवारी बनेका छन्। जसमा कालीकोटा मीनबहादुर शाही, प्रकाश रोकाया र सल्यानका गुलावजंग शाह रहेका छन्।
यस्तै, उपाध्यक्षमा जाजरकोटका लालबहादुर महतारा, मुगुका दानसिंह परियार र जुम्लाका टेकराज पछाइ, सचिवमा दैलेखका रुद्रबहादुर शाही र सुर्खेतका ध्रुबकुमार शाही रहेका छन्। उपसचिवमा नौं जना उम्मेदवार रहेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ असोज २०८०, ०९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवैधानिक र लोकतान्त्रिक उपलब्धि रक्षाका लागि संवादमा आउन राजनीतिक दलहरूलाई एमालेको अपिल
भरतपुरमा एमाले पार्टी कार्यालयमा आगजनी
एमालेको केन्द्रीय कार्यालयमा आगजनी
एमाले मन्त्रीलाई राजीनामा नदिन प्रधानमन्त्रीको ह्विप
ओलीको झोले नबन्ने भन्दै एमाले छोड्नेको लर्काे
एमालेको भावी अध्यक्षमा ओली निर्विकल्प