निमको पातका अचुक फाइदा....

एजेन्सी

सोमबार, १५ असोज २०८०, ०९ : ३०
निमको पातका अचुक फाइदा....

एजेन्सी । निमको पात स्वास्थ्यको लागि अत्यन्तै फाइदाजनक छ । निमको स्वाद तितो हुने हुनाले धेरै मान्छेले यसलाई मन पराउँदैनन् । तर यो जति तितो हुन्छ त्यति नै स्वास्थ्यको लागि फाइदाजनक छ ।

त्यसैले निमलाई तितो अमृत पनि भन्ने गरिन्छ ।निमको प्रयोगले हाम्रो शरीरको कपाल, छाला, डन्डिफोर, घाउ, स्किन एलर्जी, खटिरा, दाग जस्ता समस्याबाट पनि छुटकारा पाउन सकिन्छ । निमको पातलाई पानीमा भिजाएर खाँदा उक्त पानीमा भिटामिन ई, एस्ट्रिन्जेन्ट गुण हुन्छ । यसले छाला र कपाल चमकता र मुलायमता बढाउन मद्दत गर्छ ।

निमका फाइदाहरुः
निम छालाका समस्या समाधान गर्न निकै महत्त्वपूर्ण मानिन्छ ।

निमको तेल लगाएर टाउको मालिस गर्दा टाउको दुखाई कम हुन्छ र कपाल नरम एवम् चम्किलो हुन्छ ।

ज्वरो आएमा निमको बोक्रा भित्रको छाला २ गिलास पानीमा पकाएर आधा गिलास भए पछि बिहान खाली पेटमा नियमित सेवन गर्दा केही हप्तामै ठीक हुन्छ ।

निमको पातको रस मनतातो पारेर कानमा दुई थोपा हाल्ने गरेमा कान दुखेको, पाकेको रोग ठीक हुन्छ ।

निमको पातको लेप बनाएर छालामा लगाउँदा पुरानो दाग पनि हराएर जान्छ ।

निमको सुकेको पातबाट बनेको धुप बाल्दा लामखुट्टे लगायतका किटाणुबाट बच्न सकिन्छ ।

निमको काँडा पानीमा पकाएर बिहान बेलुका दैनिक कुल्ला गर्दा दाँत मुख र गिजाका समस्याबाट छुटकारा पाउन सकिन्छ ।

निमको पातको सेवनले हृदयघातको समस्याबाट टाढा रहन सकिन्छ ।

निमको कमलो पात घ्यूमा तारेर खाएमा अरुचीमा पनि खाना खान मन लाग्नेछ ।

नीमको कमलो पातको रस मनतातो पारेर जतापट्टिको आँखा दुखेको छ त्यसको अर्को पट्टिको कानमा ३्४ थोपा हाल्ने गरेमा आँखा दुखेको ठीक हुन्छ । दुबै आँखा दुखेमा दुबै कानमा हाल्ने ।

प्रतिक्रिया दिनुहोस